
घट्यो सुनको मूल्य
October 6, 2020
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ। आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो।
यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ। आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। रासस