
जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र
धनसम्पत्ति रुपैयाँ पैसा बिनाको जीवन कस्तो होला ? पक्कै पनि धन सम्पत्ति बिना कोही कसैलाई पनि जीवन धान्न गारो हुन्छ ।त्यसैले मानिस सम्पत्ति कमाउन जागीर गर्दछन् । तर त्यो जागीर पाउन पनि कहाँ सजिलो छ र ? कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।
धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ । व्रत बस्नाले मनुष्यको सबै प्रकारको समस्या समाधान भई मनले चाहे अनुसारको वरदान प्राप्त हुने मान्यता रहेको छ । तर के का लागि कस्तो व्रत बस्ने ? त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ । त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ ।
जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम१. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ ।२. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ ।३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ ।६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।धन प्राप्तीका लागी गरिने व्रत र नियम
१. धनसम्पत्ति प्राप्तीका लागी लक्ष्मी भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ ।२. यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ ।३. व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।४. व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ ।५. रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।६. आरती पश्चात गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नपर्दछ ।७. त्यसपश्चात मात्र अन्नको सेवन गर्नुपर्दछ । तर नुन सेवन गर्नुहुदैन ।
अन्य समाचार , काठमाडौं । मानिसको सम्पत्ति जति छ, त्यति नै उनीहरुको शोख पनि बढ्दै जान्छ । त्यसो त विश्वका धेरै खेलाडीहरुसँग महँगा कार छन् । तर, धेरैको मनमा उठ्ने गरेको प्रश्न संसारको सबैभन्दा महँगो कार कोसँग होला ?सञ्चारमाध्यममा बताइएअनुसार पोर्चुगलका फुटबर स्टार क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार बोइटुर नोइरे किने। बुगाटी कम्पनीले यो उत्पादन खरीद गर्ने मानिसको पहिचान भने सार्वजनिक गरेको छैन ।
तर, समाचारमा बताइएअनुसार रोनाल्डोदे यो कार २०२१ मा मात्र पाउनेछन् । यसको केही हिस्सालाई अन्तिम रुप दिन बाँकी रहेकोले उक्त समय लाग्नसक्ने देखिएको हो । यो कारको डिजाइन सन् १८३६ र १९३८ मा बनेको थियो । यो कार टाइप ५७ एससी एटलान्टिकको जस्तो मोडल रहेको छ ।
विश्वको सबैभन्दा महँगो कारमा ८ लिटर टर्बोचाज्र्ड–१६ इन्जिन छ । यसको रफ्तार प्रतिघण्टा २ सय ६० माइलको छ । अहिले रोनाल्डोसँग मर्सिडिज सी क्लास स्पोर्ट कूप, लेम्बर्गिनी एवेँटाडोर एलपी ७००–४ एस्टन मार्टिन, उन फरारी ५९९ जीटीओ, बेन्टले कान्टिनेन्टल जीटीसी स्पिड मेक्लोरेन एमपी ४१२ सी र रोल्स रोयस फेन्टम जस्ता कार छन् ।
विश्वको सबैभन्दा महँगो कार बुगाटी ला बोइतूर नोइरेको मूल्य १ करोड १० लाख युरो तोकिएको छ । यो मूल्यमा ५० ओटा रोबिन्स आर–२२ हेलिकोप्टर खरीद गर्न सकिन्छ ।त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।
उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।