अमेरिकाबाट नेपाली चेलीको आफ्नी आमालाई भाबुक पत्र:”यो दशैंमा आउने सपना पुरा न होला जस्तो छ आमा”

मेरो मातृ भुमि संगै मेरी प्यारी आमा टाढैबाट सम्झना,खोइ कसरी सुरु गरौ लेख्दै गर्दा हात कापिरहेको छ,मन सम्हालिएको छैन।कुनै दिन सपनाको सहर लाग्ने यो ठाउँ अहिले हामी नेपालीको लागि बोझ भएको छ।आफ्नै देशमा मर्ने रहर पनि पुरा न होला जस्तो छ ।

वारिपारी लासको थुप्रो संगै कोरोनाको सङ्क्रमित बिरामीहरु देखिरहदा मनले म ठिक छु भन्न सकेको छैन तर आमा मैले एहिबाट भन्न बाध्य छु अहिले सम्म ठिक छु त्यहा नेपालको अबस्था सुन्दा झन डर पलाएको छ मनमा।दैनिक कोरोनाको संक्रमित बढ्दै गर्दा यहाको कानुन र ब्यबस्थापन ले खोइ आफु सुरक्षित रहने केहि पनि उपाए देखिन्न अबत लाग्न थालिसक्यो कि हावामा पनि कोरोना छ। पढेर आफ्नै देशमा केहि गर्ने ठुलो सपना बोकेर आएको म खोइ कसरी पुरा गर्न सकुला र सपना।

नेपालीहारु कति बुझ्ने छन नेपालमा खोइ यो देशमा किन हुन् सक्दैन नेपालको जस्तो ब्यबस्थापन,देश सम्पन्नासाली भएर हुने हैन रैछ ब्यबस्थापन सम्पन्नासाली हुनु पर्ने रैछ,जहाँ छु त्यहा सुरक्षित छु भनेर खुलेर भन्ने दिन अब यहा रहेका नेपालीले पाउने छैन।म जुन ठाउँमा बस्ने गर्छु त्यो ठाउँमा दैनिक बिरामीको उस्तै चाप देखिन्छ,सडकमा चहलपहल उस्तै छ थोरै पनि घटेको देखिन्न लाग्छ हिडेका सबै कोरोना संक्रमित जस्तै,जसले आफ्नो सुरक्षा बुझ्न नै सकेनन।

जब आफ्नो थोरै टाउको भारि भएको महसुस हुन्छ डर लाग्छ कतै कोरोनाले मलाइ पनि त सताएन फेरी एसो सोच्छु हैन म घरबाट कहिँ निस्केकै छैन म अहिले सम्म सुरक्षित छु,फेरी लाग्छ यहा त हावामा पनि कोरोना आउछ जस्तो भैसक्यो तब मन आतिन्छ र नेपाल आमा र मेरो जन्म भूमिको धेरै याद आउछ अनि कलम निकाल्न बाध्य हुन्छु र कोर्न बाध्य हुन्छु मेरी आमालाई पत्र।

आमा तिमी संगै यो सालको दशैं मनाउने सपना तिम्री छोरीको अधुरै हुन्छ जस्तो छ,आमा संगै बजारमा गएर स परिवार संगै रमाउने सपना पनि अधुरै हुन्छ जस्तो छ,जन्म भुमि फर्किने सपना कतै रोकिदिनेत हैन कोरोनाले ?फेरी मनमा यस्तै कुराले डेरा जमाएको छ आमा आफु र स परिवारको ख्याल गर्नुस त्यहाको सरकारले त नेपालीलाई केहि न होस् भनेर लक डाउन समयमै गरिदियो जस कारण आज सम्म धेरै बिरामी भेटिएको छैन यहा त लक डाउन भन्नेनै न बुझ्ने देश रहेछ,पैसा भन्दा ठुलो शरीर हैन रहेछ यहाका नागरिकलाई त्यसैले सबैलाई मेरो आग्रह स्वास्थ्य भन्दा ठुलो पैसा हैन पहिले बच्नुहोस र अरुलाई बचाउन लाग्नुहोस जसको लागि घरमै बस्नुहोस

अन्तिममा
आमा तिमीलाई किनिदिएको दशैं उपहार साथमै राखेको छु,तिम्रो सुमधुर आवाज सुनेर निदाउने कोसिस गरेको हुन्छु विउझिदा खोइ के होला थाह छैन तर सपनी भए पनि सधै शुभ देख्ने मौका तिमीबाट पाएको छु,तिमी संग राम्रारी बोल्न नपाएको म अहिले भने मजाले खालि समय तिमी संग बिताउन पाएको छु।सायद यो भयानक रोग हराए संगै हाम्रो भेट हुने छ कहिल्यै आफ्नो जन्म भुमी र तिमीलाई भुल्ने छैन।

Add a Comment

Your email address will not be published.