नायिका स्वस्तिमा र सुपुश्पा ठमेलको बारमा यस्तो डान्स गर्दै हेर्नुहोस् भिडियो सहित

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल चलचित्र ‘चपली हाइट ३’को ‘चारानाको मसला’ बोलको गीत हाईलाइट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

‘चपली हाइट ३’को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

गीत काठमाडौँको ठमेलमा अवस्थित एक क्लबमा छायाङ्कन भएको छ भने उक्त गीतमा नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टलाई बोल्ड एण्ड सेक्सी अवतारमा देखिएकी छिन् ।

सुवास भुसालको सङ्गीत रहेको गीतमा डी.पी खनालको शब्द रहेको छ भने उक्त गीतमा गायक राज खम्बु र गायिका अस्मिता अधिकारी स्वरमा सजिएको छ । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड छन् । गीतमा स्वस्तिमा र आमिर गौतम, सुपुष्पा र महेश त्रिपाठीको ‘चपली हाइट ३’को ‘चारानाको मसला’ फिचर्ड छन् ।

चलचित्रको मुख्य भूमिकामा नायिका स्वस्तिमा, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी फिचर्ड गरेका छन् भने उक्त भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधानद्वारा छायांकन गरेका छ । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशनमा गरेका छन् । चलचित्र यहि चैत्र २८ गतेबाट देशभर प्रदर्शमा आउदै छ ।

हेर्नुहोस् भिडियो ;

Add a Comment

Your email address will not be published.