
टिकटक प्रतियोगिता हुने
April 16, 2020
काठमाडौं : बानेश्वरस्थित ‘वान सिनेमाज’ ले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगीले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ। बनाएको उक्त भिडियोलाई ‘वान सिनेमाज’ को अफिसियल फेसबुक पेजमा गरिएको पोस्टमा कमेन्ट गर्नुपर्नेछ। अप्रिल २० सम्ममा भिडियो पोस्ट गरिसक्नु पर्नेछ।
पोस्ट गरिएको भिडियोमा सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई उत्कृष्ट पुरस्कार दिइनेछ। विजेताले लकडाउनपछि एक शो नै बुक गरेर सपरिवार फिल्म हेर्न पाउनेछ।
त्यस्तै, आइप्लेक्स मलले पनि अर्को अफर ल्याएको छ। ‘क्वारेन्टाइन बिंगो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा फिल्म हेर्ने मौका पाउनेछ। आइप्लेक्स मल फेसबुक पोस्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेका काममा ठीक चिह्न लगाएर कमेन्ट गरेपछि त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर फिल्म देखाइनेछ। साथै गिफ्ट भौचर पनि दिइनेछ।