
प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव यस्तो आवस्थामा फेला पर्यो
July 4, 2020
प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव यस्तो आवस्थामा फेला पर्यो
कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएका छन् ।
उनी नेपाली सेनामा कार्यरत भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले २३ वर्षीय राकेश चौधरीको शव हाम फालेकै ठाउँमा केहि बेर अघि फेला परेको बताए।
शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका राकेशसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेकी थिइन्।
रेणुको महाकाली अस्पताल कञ्चनपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
उनीहरुको केही वर्षअघिबाट प्रेम सम्बन्ध रहेको बुझिएको र थप अनुसन्धान भइरहेको थापाले बताए।