वास्तवमा घटना के भने आरती र अंकीत गत चार बर्षदेखि प्रेम सम्बन्धमा थिए । यस बीच, ती दुई बीच केही मनमुटाव भएको थियो । त्यसपछि आरती र अंकीतले सम्बन्ध समाप्त गर्ने निर्णयमा पुगे । आरतीले अंकीतसँगको सम्बन्ध समाप्त गरेर आफ्नो जीवन आरामले जीउन थालिन् ।
तर अंकीत उक्त निर्णयमा टिक्न तयार थिएनन् । उनले आरतीलाई विवाहको लागि निरन्तर भन्न थाले । यस बाहेक, अंकीतले आरतीलाई निरन्तर फेरी पछ्याउन थाले । अंकीतको यस्तो व्यवहारले आरती धेरै दुखी भइन् ।
हैरान भएपछि आरतीले अंकीतका विरुद्ध प्रहरी चौकीमा गएर निवेदन दर्ता गराउने निर्णय गरिन् । यही ५ अक्टुबरमा, आरती आफ्नो पूर्वप्रेमी अंकीतसँग रिसाएर विजयवाडाको गभर्नपेट प्रहरी चौकीमा निवेदन दर्ता गर्न गइन् ।
आरतीको निवेदनपछि प्रहरीले तुरुन्त बोलाएर अंकीतलाई आउँदा दिनहरुमा पछ्याउने काम नगर्नु भन्दै चेतावनी दिएर छोड्यो । अंकीतले त्यसपछि एउटा वचन दिए, जसमा उनले अबदेखि आरतीलाई नपछ्याउने बताएका थिए । त्यसपछि आरतीले पनि निवेदन फिर्ता लिईन् । यसरी उक्त उजुरी समाप्त गरियो । तर आरतीलाई थाहा थिएन कि यस निवेदनको नतिजा एकदम भयानक हुनेछ ।
आरती सोमबार कामबाट घर फर्कदै थिईन् । त्यस समयमा अंकीत उनको पछि–पछि कराउँदै आए । यसबीचमा उनीहरु बीचमा विवाद पनि भयो । अंकीत, आरती प्रहरी चौकीमा पुगेको कुराले असाध्यै रिसाएका थिए । केहि बेरमा, कुरा यत्ति धेरै भयो कि अंकीतले पे’ट्रोल आ’रतीमाथि ख’न्याए’र आ’गो बा’ले ।
आ’गो लागेपछि आरतीले अंकीतलाई पनि जोडले तानेर अंगालो हालिन् । आ’गोले उनीहरु दुबैलाई नराम्ररी क्षति गरेको थियो । प्रहरीका अनुसार उनीहरु चिच्याएको आवाज सुनेर त्यहाँ मान्छेहरु आएका थिए । स्थानीयले आ’गो निभाएर उनीहरुलाई अस्पतालमा भर्ना गरे तर उपचारको क्रममा दुबैको मृ’त्यु भयो ।
नोटः हामीले माथि प्रयोग गरेका नाम (आरती, अंकीत) परिवर्तन गरिएको काल्पिनक नामहरु हुन् । यस घटनामा ज्यान गुमाउनेहरुको नाम प्रहरीले विशेष कारण देखाउँदै सार्वजनिक गरेको छैन । अहिलेको समयमा युवा युवतीहरु प्रेममा हराएर आफ्नो जीवन दिन पनि पछि पर्दैनन् ।
त्यसलाई केही हदसम्म रोक्नका लागि सहयोगी हुन्छ कि भन्ने लागेर हामीले यो सामाग्री तयार पारेका हौँ । यसरी भएको मृ’त्युलाई मान्छेहरु बहादुरी मान्दैनन्, यो एक कायर काम हो । त्यसकारण जुनसुकै समस्या भए पनि डटेर सामना गर्न सिक्नुहोस्, मृ’त्यु नै समस्याको समाधान होईन । आफुले पढेपछि सबैंको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।