जो स्त्रीले गर्छन् यी ३ गल्ती, पूरै परिवारले भोग्नुपर्छ शनिदेव दोष

जो स्त्रीले गर्छन् यी ३ गल्ती, पूरै परिवारले भोग्नुपर्छ शनिदेव दोष

काठमाडौँ । केही स्त्री यस्ता हुन्छन्, जसले प्रेम र सद्भावले आफ्नो घरलाई स्वर्ग बनाउछन्। यस्ता स्त्रीलाई लक्ष्मीको स्वरुप मानिने गरिन्छ। जसरी सिक्काका दुई पाटो हुने गर्दछ, स्त्रीको पनि २ स्वरुप हुने गर्दछ। केही स्त्री यस्ता पनि हुने गर्दछन्, जसको बानी, व्यवहार निकै कटु हुने गर्दछ।

यस्ता स्त्रीले घरमा तनाव मात्र दिदैनन्, पतिलाई समेत बर्बाद पार्ने गर्दछन्। त्यस्ता स्त्रीले परिवारलाई जोड्न हैन तोड्नमा विश्वास राख्ने गर्दछन्। यस्ता स्त्री देख्दा जति सुन्दर किन नहोउन । मनका निकै कालो हुने गर्दछन्। आज हामी तपाई केही घरकी स्त्रीले भूलेर पनि गर्न नहुने केही कामका बारेमा जानकारी दिदैछौँ। स्त्रीले गरेका ती कामको परिणाम नत्र पूरै परिवारले भोग्नु पर्ने हुन्छ।

आउनुहोस् जानौँ कुन–कुन हुन् ती काम ?

१, जो स्त्रीले आफ्नो पतिको इच्छाको पालना गर्दैनन्, शनिदेवले उनलाई कहिलै माफ गर्दैनन्। पतिको इच्छाको पालना गर्नुको मतलब शास्त्रमा दवाव सहनु भनिएको छैन्।

तर कसैका पतिले पत्नीको मान सम्मान गर्छन र हरेक इच्छाको ध्यान राख्छन् भने स्त्रीले पनि पतिको भावना बुझनु पर्ने हुन्छ । पत्नीलाई सम्मान गर्ने पतिको पनि सम्मान गर्न आवश्यक हुन्छ। पति पत्नी दुबैले एक अर्काको भावनाको सम्मान गर्दा दाम्पत्य जीवन पनि सुखमय हुने गर्दछ। यस्तो कार्यबाट शनिदेव पनि खुसी हुने गर्दछन्।

२, जो स्त्री विवाहित भएर पनि परपुरुषसँग लाग्छे, तिनीहरुलाई पनि शनिदेवले कहिलै माफ गर्दैनन्। हिन्दू शास्त्रमा पनि विवाहित महिलाले कुनै परपुरुषसँग लाग्नु गलत बताइएको छ। यो नियम पुरुषलाई पनि लागु हुने गर्दछ। जुन घरकी महिलाले यस्तो काम गर्छन्, त्यो घरमा कहिलै सुख र समृद्धि मिल्दैन्।

३, जुन घरका स्त्रीले वृद्ध तथा आफूभन्दा मान्यजनको सम्मान गर्दैनन्, त्यस्तो घरमा पनि शनिदेव रिसाउने गर्दछन्। यस्ता स्त्रीको घरमा कहिलै सुख समृद्धि हुँदैन्। त्यसैले सकेसम्म कहिलै पनि आफूभन्दा अग्रजको अपमान नगर्नुहोस्।

 

Add a Comment

Your email address will not be published.