नियम मिचेको आ’रोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना

नियम मिचेको आ’रोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना

एजेन्सी- बेलायती प्रहरीले दक्षिण लण्डनमा एक बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आ’रोपमा १३ हजार अमेरिकी डलर ज’रिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले प’क्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्ने गरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उ’ल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मा’रेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभा’इरस नियन्त्रण कानून अनुसार ज’रिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड–१९ कानूनको जानाजानी उल्लङ्घन भएको र यसका कारण स’ङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई ज’रिवाना गर्न सिफारिस गरिएको छ ।’

विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले भौतिक दूरी कायम नगरेको देखिएकाले जरि’वानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

Add a Comment

Your email address will not be published.