
महिनावारीका बेला यौन सम्पर्क गर्नुको गजब फाइदा
मानिसहरुलाई महिनावारीका बेला यौन सम्पर्कको कुरा गर्दा गाह्रो महशुष हुनसक्छ । तर, सचेतना र सुरक्षित तरिकाले महिनावारीका बेला यौन सम्पर्क गर्दा महिलालाई भने फाइदा मिल्ने एक अध्ययनले देखाएको छ ।
साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । तर, तकिबेला यो चाँडै नसकिएर महिलालाई समस्या हुनसक्छ ।
यसबेला यौन सम्पर्क गर्दा फाइदा मिल्ने देखिएको हो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको रक्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई महिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ ।
सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।
यो तरिका सुरक्षित त छ तर, यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन ।