
असहाय, अति-विपन्न तथा मजदूरलाई मात्रै राहत लिन कामपाको आग्रह
April 3, 2020
२० चैत्र २०७६, काठमाडौं
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्र राहत लिनका लागि आग्रह गरेका छन् ।
आज एक अपिल जारी गर्दै नगरप्रमुख शाक्यले ‘लकडाउन्’ पूर्ण रुपमा पालना गर्न पनि महानगरवासीलाई आग्रहगरेका छन् । प्रमुख शाक्यले अभिभावक नभएका, आयस्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण शुरु गरेको बताएका छन् ।
सरकारले घोषणा गरेको दुई साताको ‘लकडाउन्’ उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न पनि उनले आग्रह गरेका हुन् ।
|तस्वीरमा महानप्रमुख शाक्य। फाइल तस्वीर|