नेपालमा एकै दिन तीन जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, २२ चैत । नेपालमा थप तीन जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ ।

कैलाली र कञ्चनपुरमा गरि तीन जनालाई संक्रमण देखिएको हो । मन्त्रालय स्रोतका अनुसार संक्रमित मध्ये एक जनामा स्थानिय संक्रमित देखिएको छ भने दुई जना बाहिरका रहेका छन् । सातौं संक्रमित धनगढीका चौथो संक्रमित भाउजु हुनुन्छ । सातौ संक्रमित ३४ वर्षका हुनुन्छ । यसैगरी आठौ व्यक्ति कञ्चनपुरका ४१ वर्षका पुरुष रहेका छन् । उहाँ भारतको उत्तराखण्डबाट आउनुभई क्वारेन्टाइनमा रहनुभएको थियो । तीनै जनालाई सेती प्रादेशिक अस्पताल धनगढीमा आइसोलेसनमा उपचार भइरहेको छ र सबैको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

Add a Comment

Your email address will not be published.