‘वेबसाइट ह्याक गर्नेको हातमा २२ बटा बैक र २६ बित्तिय संस्थाको गेटवे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले माग गरेका छन्  ।

आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट स्वास्थ्य सामग्री अनियमितता बारे लेखिएको समाचार ह्याक गरी हटाएको थियो ।
कोइरालाले यो घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना भएको बताए ।

सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको छ । अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्बजनिक भएको प्रति कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

यसरी नै सिरान टेक्लोनोजीले झै सूचना प्रबिधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौ रूपैया तलमाथी गरे त्यसको परिणाम के हुन्छ ? कोइरालाले प्रश्न गरे ।

समाचार साईट ह्याक गर्नेको हातमा २२ बटा वाणिज्य बैक र २६ बटा बित्तिय संस्थाको गेटवे हुनुले लाखौ नेपालीले आफ्नो दुख परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाको जोखिम बढाएको उनले बताए ।

Add a Comment

Your email address will not be published.