विपन्न घरपरिवारका सहयोगी बने जापानमा रहेका थापा परिवार

कौरव खत्री, बागलुङ: गलकोट नगरपालिका ७ मल्म सुन्तलारुख विनासी हाल जापानमा लामो समयदेखि होटल व्यावसाय गदै आएका दुर्गा बहादुर थापा र श्रीमती सकुन केसी थापाको सपरिवारले वडा भित्रका विपन्न, ज्याला मजदुरी गर्ने र दलित परिवारलाई प्रति घरपरिवार १ बोरा चामल,नुन र तेल सहयोग गरिएको थापाका पिता श्याम बहादुर थापाले जानकारी दिए ।

त्यस्तै थापाले बामियामा १३, घरपरिवार,आगाँखेतमा २, सिरबारेमा ६७, भल्साङ, कोल, फलाटे काउले, उकालाका १९ , आरानटोल मल्मडाँडा २३, म्याले खोलापारी ५, तल्लो सिरबारे ७, खाली टोकरी झिर्कामा १९ गरि कुल १ सय,५५ घरपरिवारलाई नगद रु २ लाख ९७ हजार बरावरको राहत खाद्यान्न सामाग्री सहयोग गरेका हुन ।

त्यस्तै थापाले भने विपतको समयमा विपन्न परिवारलाई थोरै भएनी राहत पुगोस भनेर खाद्यान्न सामाग्री सहयोग गरेको बताए । साथै थापा परिवारले स्थानीय संघ,संस्था विद्यालय, मठ मन्दिर र सामाजिक क्षेत्रमा विगत लामो समय देखि नै निरन्तर रुपमा आर्थिक सहयोग गर्दै आएका छन् ।

राहत सामाग्री वितरण अभियानमा वडाअध्यक्ष टिका बहादुर थापा,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर सदस्य छुम बहादुर थापा, नगर सदस्य रुद्र केसी, वडा कमिटी सचिव हुम बहादुर बस्नेत, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, सदस्य भुमिराज थापा लगायतको सहभागिता रहेको थियो ।

गलकोट नगरपालिका ७ को वडा कार्यालयको समन्वय तथा घुम्टे युवा परिवारको सहकार्यमा राहत सामाग्रीको वितरण गरिएको अभियानका समन्वयकर्ता समाजसेवी खडक बहादुर थापाले बताए ।

कोभिड १९ कोरोना भाइरसको माहामारी फैलिरहेको अवस्थामा नेपाल सरकारले देश लकडाउनको समयमा घरमै खाद्यान्न सामाग्री पाउदा निकै आफुहरु खुसी भएको स्थानीय श्री प्रसाद रानाले बताए ।

त्यस्तै विपन्न परिवारले राहत सामाग्री सहयोग गर्ने थापा परिवारलाई धन्यवाद दिएका छन् ।

Add a Comment

Your email address will not be published.