बजार अनुगमन गरिन्छ, उपभोक्तालाई मार्का पर्न दिन्नमः उपमेयर पोखरेल (भिडियो सहित)

लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुने जनगुनासो आए पछी इनरुवा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । लकडाउन हुनुअघि पनि इनरुवा नगरले बजार अनुगमनलाई जोड दिँदै आएको थियो ।

इनरुवा नगरपालिकालकी उपप्रमुख जमुना गौतम पोखरेलका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन को तयारी गरिएको हो । उपमेयर पोखरेलले भनिन्, ‘जथाभावी मूल्य असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न निरन्तर बजार अनुगमन हुनेछ ।’ पोखरेलले नगरवासीलाई सचेत भएर आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘नगरभित्र सञ्चालन हुने हरेक पसलले मूल्यसूची राख्नुपर्छ, मूल्यसूची नराख्ने, आफूखुसी जथाभावी मूल्य असुल्ने, गुणस्तरहीन खाद्यसामग्री बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने सबैलाई कानुनी कारबाही गर्छाैं ।’

अनुगमन टोलीमा उध्योग वाणिज्य संघ इनरुवा, उपभोक्ता मञ्च इनरुवा, नगर प्रहरी तथा नेपाल प्रहरी लगायतको सहभागीता हुने उपप्रमुख पोखरेलले जानकारी दिइन । बजार अनुगम मिति तोकेर गर्दा व्यवसायी सर्तक हुने भएकाले पनि यसलाई आकस्मिक रुपमा नै गरिने उपप्रमुख पोखरेलको भनाई छ । त्यस्तै, सर्वसाधारणहरूलाई आवश्यक पर्ने सागसब्जी लगायतको खध्यान्न सामग्री अभाव देखिन थालेको बेला यसको विकल्पको लागी उपभोक्ताहरूलाई घरमा नै बसेर खाद्यान्नको खरिद गर्नका लागी उध्योग वाणिज्य संघ इनरुवाले स्थानिय व्यापारीहरु सँगको समन्वयमा फोनको माध्यमबाट अर्डर अनुसारको सामान उप्लब्ध गराउने व्यवस्था गरेको उध्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिराज अटलले बताए ।

लकडाउनको बेला उपभोक्ताहरूले नजिकै रहेको खुद्रा व्यापारीहरुबाट समेत तरकारी खरीद गर्ने गरेका छन । लकडाउनको आडमा तरकारीजन्य सामग्रीमा कालोबजारी र खुद्रा व्यापारीहरूले भने लकडाउनको अवस्था देखाएर चर्को मुल्य असुल्न थालेको इनरुवा-२ का सुमन अधिकारीले गुनासो गरेका छन । कोरोना भाईरसको माहामारीका कारणले त्राहिमाम हुदा बजारमा सामानको मूल्य अत्याधिक बढेको इनरुवा – १ निवासी दिपेश ढकालले बताए । ‘सामान छोइसक्नु छैन’, उहाँले भन्नुभयो, तत्काल बजार अनुगमन गरेर सर्वसाधारणलाई राहत दिनुपर्ने उहाँले माग गरेका छन । ढकालका अनुसार बजार अनियन्त्रित भएको छ, उध्योग वाणिज्य संघले मुल्यसूची निकाले पनि एउटै सामानको पसलैपिच्छे मूल्य फरक भएको कारण उपभोक्ताहरू सास्ती भोग्न बाध्य भएका छन ।

Add a Comment

Your email address will not be published.