लकडाउन अझैं यति दिन लम्ब्याउने सरकारको तयारी, सीमामा थप कडाइ गरिने

काठमाडौं – सरकारले बैशाख ३ गतेपछि थप १५ दिन लकडाउन लम्ब्याउने तयारी गरेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढिरहेकाले नेपाल सरकारले पनि लक डाउनको अवधि लम्ब्याउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

लकडाउन खुकुलो बनाउनेबित्तिकै नेपाल र भारतको आवागमन तीब्र हुने र यसले संक्रमणको जोखिम बढाउने हुँदा बढाउनुको
बिकल्प नभएको उनले बताए । लक डाउन बढाउनु पर्ने अबस्थाको बिचार गरेरै सरकारले बिहिबार बैठक गरेर उपत्यकाबाट बाहिर जान दिन दुई दिन खुला गर्ने निर्णय गरेको स्रोत बताउँछ ।

यद्यपि यसको चौतर्फी बिरोध भएपछि डेढ घण्टामै सरकारले निर्णय फिर्ता लिएको थियो । कोरोना भाइरस (कोभिड १९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरिरहेको छ । यो भन्दा अगाडि देशबासीको नाममा सम्बोधन गर्दै ओलीले लकडाउन लम्बिने संकेत गरेका थिए । आज प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्दै लकडाउन बढ्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड( १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

बिहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

कुराकानीका क्रममा उनले लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।

सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूले कोरोना नियन्त्रण गर्न सकिरहेका छैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले मन्त्री( मुख्यमन्त्री कोही चिन्दैन। त्यही भएर खेलाँची नगरौं।’

जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिनसमेत नहुने प्रधानमन्त्रीले बताए।

‘लक डाउन भनेको लक डाउन नै हो। यसलाई कडाइका साथ पालना गर्नु पर्छ। नो कम्प्रमाइज,’ प्रधानमन्त्रीले भने।

Add a Comment

Your email address will not be published.