चार लाख २३ हजार कोरोना संक्रमित निको, विश्वभरका एक लाख १४ हजारको गयो ज्यान

काठमाडौं: कोरोना (कोभिड–१९) भाइरस संक्रमण महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण विशवभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार १९४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ३५६ पुगेको छ । संक्रमितमध्ये साढे ५० हजार गम्भीर छन् ।

संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख २३ हजार ३०८ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार ४०२ जना संक्रमित हुँदा २२ हजार १०५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ सय बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको भन्दा मृत्यु हुनेको अनुपात बढी छ ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुने र उपचारपछि स्वस्थ हुनेबीचको अनुपात धेरै अन्तर देखिँदैन ।

त्यहाँ कोरोनाबाट २२ हजार १०५ जनाको मृत्यु हुँदा उपचारपछि निको हुने मानिसको संख्या ३२ हजार ६३४ मात्रै छ । यसले अमेरिकामा मृत्यु दर अत्यन्तै डरलाग्दो देखिन्छ ।

स्पेनमा एक लाख ६६ हजार ८३१ जना संक्रमित हुँदा १७ हजार २०९ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या एकलाख ५६ हजार ३६३ पुगेको छ । त्यहाँ १९ हजार ८९९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ३२ हजार ५९१ जना संक्रमित हुँदा १४ हजार ३९३ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख २७ हजार ८५४ जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार २२ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८४ हजार २७९ जना संक्रमित छन् भने १० हजार ६१२ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार २०५ जना संक्रमित हुँदा ३३१ जनाको मृत्यु भएको छ । यस्तै पाकिस्तानमा संक्रमितको संख्या ५ हजार २३० पुग्दा ९१ जनाको मृत्यु भएको छ ।

Add a Comment

Your email address will not be published.