
काभ्रेको बेथानचोक गाउँपालिकामा पाहुना आउन र जान पूर्ण रुपमा बन्द
April 15, 2020
काभ्रे २ बैशाख । जिल्लाको बेथानचोक गाउँपालिकामा वडा न ५ का २२ बर्षीय युवामा कोरोनाको लक्षण देखिएपछि पालिकाले गाउँ प्रवेशमा रोक लगाएको छ ।पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्धारा हस्ताक्षरित सूचनामा अनावश्यक आवात–जावत बन्द गर्न, पाहुना बस्न र पाहुना हुन आउन पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ ।
गाउँपालिकाले बाहिरबाट आउने माछामासु, फलफूल एवम् तरकारीजन्य बस्तुहरु आयात गरी ल्याउन बन्द गर्ने, कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म यस गाउँपालिकाभित्र रहेका स्थानीय मठमन्दिर, धार्मिक स्थल, एवम् पर्यटकीय स्थल तर्फ जाने आउने बाटो पूर्णरुपमा बन्द गर्ने उल्लेख छ ।