काभ्रेको बेथानचोक गा.वि.स र मण्डनदेउपुर नगरपालिकामा र्‍यापिड टेष्टमा २ जनामा कोरोना पोजिटिभ

काभ्रे – काभ्रेमा ‘र्‍यापिड’ परीक्षण गर्दा दुईजनामा कोरोना पोजिटिभ देखिएको छ । मंगलबार काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक एकजनामा र्‍यापिड परीक्षण गर्दा कोरोना नतिजा पोजिटिभ देखिएको हो ।

उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । बेथानचोकका युवा चैत ९ गते भारतबाट आएको थिए भने मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट आएको बताइएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमण चौथो व्यक्तिमा पनि पुष्टि
काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण चौथो व्यक्तिमा पनि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हल उनी प्रादेश अस्पताल धनगढीमा उपचाररत छन ।

प्रवक्ता देवकोटाले सं‌क्रमण अरुमा पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् । उनी दुबईबाट आएर चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Add a Comment

Your email address will not be published.