भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।

टाइम्स अफ इण्डियाले जनाए अनुसार भारतभर संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ।

संक्रमितमध्ये १३ सय ६ जना निको भएको जनाइएको छ।यसैगरी मृतक संख्या ३ सय ७७ पुगेको उल्लेख छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मंगलबार देशमा जारी लकडाउन वैशाख २१ गतेसम्म लम्ब्याउने घोषणा गरेका छन्।

घोषणामा उनले संक्रमण नदेखिएका केही स्थानमा वैशाख ८ बाट लकडाउन केही खुकुलो बनाउने बारेमा विचार गर्न सकिने बताएका थिए।

कोरोना संक्रमणबाट भारतका महाराष्ट्र, दिल्ली, तमिल नाडु, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गाना लगायतका राज्यहरू धेरै प्रभावित बनेका छन्।यी राज्यमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो।

Add a Comment

Your email address will not be published.