रिसर्चबाट खुल्यो रहस्य: अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

काठमाडौं । डाक्टरहरु बारम्बार चेतावनी दिईरहेका छन् कि, कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ । तर हामी अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोईराख्छौँ ।नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ । विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ ।यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ ।

यो कुराको खुलासा अमेरिकी डा. न्यान्सी सी. एल्डर, डाक्टर विलियम पी. सायर र अष्ट्रेलियाकी डा.म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा. फेस टचिङमा स्टडी गरिरहेका छन् ।हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ ? यस बारेमा मनोवैज्ञानिकहरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् ।

१ घण्टामा १९ पटक अनुहार छुने गरिन्छ-पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा. न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा. न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुमध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् ।उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो ।

तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’एजेन्सीको सहयोगमा

Add a Comment

Your email address will not be published.