
‘सरकार ! घर पठाइदेऊ’
April 21, 2020
काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो । उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’
प्रकाशित : वैशाख ८, २०७७ १३:०६








Source : KANTIPUR.COM