
असिना पानीले कु’टेर पाल्पामा एक जनाको ज्यान गयो
काठमान्डौ , पाल्पा– पाल्पामा असिनापानीले एक जनाको ज्यान लिएको छ । मंगलवार साँँझ परेको अविरल असिना पानीको कारण पूर्वखोला–४ देवीनगर तल्लो लेमधेमका ७३ वर्षिय वदल सिंह कुँवरको ज्यान गएको हो ।
बाटोमा हिड्दै गर्दा अविरल पानीले कु टेर उनको ज्यान गएको स्थानीय भुवन सिंजालीले जानकारी दिनुभयो ।
त्यस्तै म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमवार बेलुकी परेको असिनाका कारण रातभर सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो ।
गत असोजमा पनि भित्र्याउने बेलाको धान असिनाले चु टेर सखाप बनाएपछि मर्कामा परेका ज्यामरुककोटका किसान अहिले खेतबारीमा पाक्नै लागेको गहुँ पनि असिनाले चु टेर ध्व स्त बनाइदिएपछि अब के खाएर बाँच्ने भन्ने चि न्तामा छन् ।
सोमवार दिउँसैदेखि म्याग्दीको ज्यामरुककोट, भकिम्लीको तोराखेतलगायत क्षेत्रमा परेको भी षण असिनापानीले त्यस क्षेत्रको गहुँ, तरकारी र फलफूल बाली पूर्णरूपले नष्ट गरेको छ ।
ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानी लगायत पश्चिम म्याग्दीका अधिकांश ठाउँमा ठूलो क्ष ति पु¥याएको कृषकहरूले बताएका छन् ।