
थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या येति पुग्यो
June 20, 2020
काठमाडौ, ६ असार । शनिबार थप ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको कोरोना परीक्षणका क्रममा ३ सय ३१ ज्नामा कोरोना पोजेटिभ देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
त्यस्तै, शनिबार थप १ सय ७६ जना निको भएर डिस्चार्ज भएका छन् ।