
पाल्पामा छुट्टा छुट्टै स्थानबाट दुई बलात्कारी पक्राउ
June 20, 2020
तानसेनः पाल्पामा छुट्टा छुट्टै स्थानमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
१३ वर्षीया बालिका लाई यौन दुर्व्यवहारको आरोपमा ७६ वर्षीय कुलबहादुर राना र यसैगरी पाल्पामा छोरी बलात्कार गरेको अभियोमा बाबुलाई पक्राउ परेका छन्। ३१ वर्षीया अविवाहित छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवा पक्राउ परेका हुन् ।
अभियुक्त ७६ वर्षीय वृद्ध रानाले बालिकाको संवेदनशील अंगमा समाई यौन दुर्व्यवहार गरेको उल्लेख छ। भने बावुले पटक पटक अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।