
गुल्मीको क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
June 20, 2020
तमघासः गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ।
बिहीबार राति होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको र उनी पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो।
परिवारको सहमतिअनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्यवस्थापन गरिएको थियो ।
योसँगै कोरोना संक्रमणबाट गुल्मीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ।