
स्याङ्जामा एक पुरुष मृत अवस्थामा फेला
June 20, 2020
स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ४ का लक्षु राना मृत अवस्थामा फेला परेका छन् ।
गल्याङ छरकस्थित बारीमा शुक्रबार बिहान राना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।