
पाल्पाको सिद्धबाबामा भएको जिप दुर्घटनाका एक घाइतेको मृत्यु
June 20, 2020
तानसेनः पाल्पाको सिद्धबाबामा भएको जिप दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्साका नन्दलाल बस्यालको उपचारकै क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते नन्दलालसँगै दया पाण्डेय, विनोद बस्याल, बालकृष्ण बस्याल र शिव पाण्डेयको बुटवलस्थित प्रादेशिक अस्पताल लगिएकोमा थप उपचारका लागि सोही दिन काठमाडौं पठाइएको थियो।
अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। पाल्पाबाट बुटबल फर्कने क्रममा गत मंगलबार प्रदेश ३० ०१ च ४५२२ नम्बरको इसुजु जिप सिद्धबाबाको भीरबाट तिनाउ नदीमा खसेको थियो।