
देशभर थप येति जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या येतिपुग्यो
June 25, 2020
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित मध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेको जानकारी दिनुभयो । ६२९ जनामा कोरोना संक्रमण फेला परेसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।