
बलिउड अभिनेता गोविन्दा चढेको कार दुर्घटना
June 25, 2020
एजेन्सीः बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ।
बुधवार साँझ यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको हो।
कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए। घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। ठक्कर दिने गाडीमा चालकमात्रै थिए।
दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ।