ताज होटलमा बम विस्फेट गराउने धम्की

 

ताज होटलमा बम विस्फेट गराउने धम्की

एजेन्सीः पाकिस्तानबाट फोनमार्फत बम विस्फोट गर्ने धम्की आएको भारतले खुलासा गरेको छ ।

पाकिस्तानबाट एक फोनकर्ताले मुम्बईको चर्चित ५ तारे होटल ताजमा बम विस्फोट गराउने धम्की दिएको मुम्बई पुलिसले खुलासा गरेको हो ।

पाकिस्तानी नम्बरबाट गरिएको सो फोन राति करिब १२ बजेतिर आएको पनि बताइएको छ । स्रोतका अनुसार उक्त फोनकर्ताले ‘कराँचीको पाकिस्तान स्टक एक्सचेन्जमा भएको हमला सबैले देखेका छन्, अब ताज होटलमा २६र११ को जस्तै आक्रमण फेरि हुन्छ’ भनेर धम्की दिएका थिए ।

दोस्रोपटक पनि पाकिस्तानी नम्बरबाटै होटलका स्टाफलाई धम्कीपूर्ण फोन आएको थियो । यस्तो धम्की आएपछि ताज होटल लगायत त्यस वरपरका क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सो धम्कीपूर्ण फोनलाई ध्यानमा राखी तटीय क्षेत्रमा पनि गस्ती र निगरानी बढाइएको छ ।

Add a Comment

Your email address will not be published.