आश्चर्यजनक कोरोना रिपोर्ट: जिउँदै छँदा पोजेटिभ, मरेपछि नेगेटिभ ! जान्नुहोस्

आश्चर्यजनक कोरोना रिपोर्ट: जिउँदै छँदा पोजेटिभ, मरेपछि नेगेटिभ ! जान्नुहोस् 

वीरगन्ज । वीरगन्जमा कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको निधन भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे निधन भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुनस् पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।

कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको निधन भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

निधन हुनु भन्दा पहिले तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए । निधन हुनु भन्दा पहिले संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले शव दा ह संस्कारका लागि आइतबार नै परिवारजनको जिम्मा लगाइएको कोभिड अस्पतालले जनाएको छ । अन्नपुर्णपोष्टमा क्रान्ति शाहले समाचार लेखेका छन् ।
श्रोत insider24nepal

Add a Comment

Your email address will not be published.