
४ करोड नाघ्यो विश्वमा कोरोना संक्रमितको संख्या
October 19, 2020
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ७७ पुगेको छ ।
विश्वमा एकैदिन ३ लाख २० हजार ५ सय ६५ जना नयाँ संक्रमित पुगेसंगै यो संख्या पुगेको हो ।
त्यस्तै कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९९ जना मानिसको मृत्यु भएको छ ।
यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार ९८ पुगेको छ ।
विश्वमा नीन करोड ९५ लाख ४ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।