
दशैंको मुखमा काठमान्डूबासीलाइ आयो रुवाउने दुखद खबर।
October 22, 2020
दशैंको मुखमा काठमान्डूबासीलाइ आयो रुवाउने दुखद खबर।
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैंमा अत्यावश्यक नपरी घरबाहिर ननिस्किन अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विशेष अनुरोध जारी गर्दै यस्तो अपिल गरेका हुन् ।काठमाडौंमा संक्रमण तीव्र गतिमा बढेको र दैनिक संक्रमितको आधाभन्दा बढी काठमाडौंमै भेटिने गरेको उल्लेख गर्दै उनले भनेका छन्–
‘व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऊँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किऊँ, घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं/गराऔं ।