भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । भीडभाड गरेको भन्दै आलोचना भएको थियो । डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !