जापानमा शनिबार ३६७ जनामा कोरोना, एकै दिनमा संक्रमण हुनेमा नयाँ रेकर्ड

टोकियो– स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा शनिबारदिनभरिमा ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो जापानमा एकै दिनमा पुष्टि भएको संख्यामा नयाँ रेकर्ड हो ।

हिजो दिनभरि टोकियोमा ११८ र ओसाकामा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जापानको ठूला शहरहरु बिशेष गरि टोकियो र ओसाकामा दिनहुँ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यस्तै कानागावा, चिबा र आइचीले पनि टोकियो र ओसाकालाई पछ्याइरहेका छन् ।

अहिलेसम्ममा जापानको प्रान्तहरु मध्ये सबै भन्दा धेरै संक्रमण टोकियो प्रान्तमा भेटिएको छ । टोकियोमा हालसम्म ८९१ जना र ओसाकामा ३८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहानसम्ममा जापानभरमा ३४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८४ जनाको मृत्यु पुष्टि भएको छ ।

जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न तथा यसबाट देशलाई पर्ने आर्थिक क्षतिलाई मिलान गर्नका लागि विभिन्न योजना तथा नीतिहरु सार्वजनिक गरिरहेको छ ।

Add a Comment

Your email address will not be published.