कामदार कटौती गर्न साउदी सरकारको अनुमती, नेपाली पनि प्रभावित हुने

काठमाडौं – कोरोनाभाइरसको महामारीका कारण व्यावसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई कामदार र उनीहरुको तलब नै कटौती गर्न साउदी सरकारले अनुमती दिएको छ ।

उक्त निर्णयसँगै साउदी अरबमा कार्यरत हजारौँ नेपाली कामदार प्रभावित हुने भएका छन् ।

तर, यसका लागि कामदारको सहमति पनि हुनुपर्ने सर्त राखिएको साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले केही कम्पनीहरुले कोरोनाभाइरसको संकटमा पनि कामदारको शोषण गर्न सक्ने भएकाले त्यस्तो भएमा उजुरी गर्न आह्वान गरेको छ ।

‘कुनै पनि किसिमको शोषण भएमा कामदारले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्,’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले भने ।

Add a Comment

Your email address will not be published.