कोरोना नियन्त्रणमा आउन थालेको स्पेनी प्रधानमन्त्रीको भनाइ, १५ दिन लकडाउन थप

कोरोना भाइरस प्रकोपको सबैभन्दा खराब अवस्था पार गर्न क्रममा रहेको स्पेनले देशमा जारी लकडाउन १५ बढाएको छ।

स्पेन संसदले लकडाउनको अवधि १५ दिन थप गर्ने सरकारको प्रस्ताव पारित गरेपछि त्यहाँ लकडाउनको अवधि १५ दिनका लागि तफ लम्बिएको हो।

‘आगो नियन्त्रणमा आउन सुरू भएको छ’, स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले मड्रिडमा भने। उनले भाइरसमाथि देश पूर्णरुपमा विजयी हुने बताए।

सान्चेज कोरना भाइरसको प्रकोप स्थिर हुन लागिरहेको बताउने पछिल्ला युरोपियन नेता हुन्।

स्पेन युरोपमा कोरोनाको सबैभन्दा संक्रमण पुष्टि भएको देश हो। त्यहाँ हाल सम्म १ लाख ५२ हजार ४ सय ४६ जनालाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै बिहिबारसम्म स्पेनमा कोरोना भाइरसबाट १५ हजार २ सय ३८ जनाको मृत्यु भएको छ। पछिल्ला रिपोर्टले त्यहाँ मृ त्यु संख्या घट्दै गएको देखाएको छ।

पहिल्लो २४ घण्टामा (बिहिबार) तथ्यांक अनुसार स्पेनमा कुल ६८३ जनाले ज्यान गुमाएका छन्। यस्तै बुधबार ७५७ जनाले ज्यान गुमाएका थिए।

कोरोना भाइरस रोकथामका लागि स्पेनले युरोपकै कडा सुरक्षा उपायहरू अपनाएको छ।

प्रधानमन्त्री सान्चेजले संक्रमण कटौती हुनुमा ती उपायहरुले निकै मद्दत पुर्‍याएको बताएका छन्।

त्यसैगरी उनले स्थिति चाँडै स्थिर हुनेमा हुनेमा आफू आशावादी रहेको बताए।

Add a Comment

Your email address will not be published.