पाल्पामा र्‍यापिड टेष्ट विधिबाट कोरोना परीक्षण सुरु

पाल्पा : पाल्पाका विभिन्न क्वारेन्टाइनमा बसेका ४३ जनाको कोरोना भाइरस संक्रमण भएरनभएको जाँच सुरु भएको छ । पूर्वखोलाको क्वारेन्टाइनमा बसेका २१ जना, रामपुरका ९ जना, रिब्दीकोटका ३ जना र रैनादेवी छहराको १० जनाको र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको हो ।

कोभिड १९, कोरोना भाइरस नियन्त्रण कार्य टोली पाल्पाको बैठक बसेर शुक्रबार बिहानैदेखि कोरोना संक्रमणको जाँच सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताए ।

५ नं. प्रदेशको भैरहवा गहुँबालीमा स्थापना गरिएको प्रदेश स्वास्थ्य प्रयोगशालाबाट उपलब्ध र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना संक्रमणको जाँच हुने उहाँले जानकारी दिए । भारतबाट गौरीफन्टा नाका, वनबासा, गड्डाचौकी हुँदै पाल्पा आएकाहरुको पहिलो पटक कोरोना संक्रमणको परीक्षण हुन लागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।

जाँचका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएका मानिसलाई एम्बुलेन्सको माध्यम्बाट अस्पतालमा ल्याएर आइसोलेसनमा राखिनेछ । परीक्षणमा कोरोना संक्रमण नदेखिए क्वारेन्टाइनमा नराखी घरमै १० दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए। कोरोना पोजेटिभ देखिए पुन स्वाब परीक्षणका लागि प्रदेशमा जाँचका लागि पठाइनेछ ।

र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना परीक्षणका लागि संघीय र प्रदेश सभाका माननीय, स्वास्थ्यकर्मी, विभिन्न अस्पतालका चिकित्सकको आवश्यक कीट र स्वास्थ्य सामग्रीसहित त्यसतर्फ खटेका छन् । र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना संक्रमण भएनभएको जाँचका लागि पाल्पालाई आवश्यक पर्ने कीट आइसकेको छ ।

Add a Comment

Your email address will not be published.