
अमेरिकाको ओरिगन राज्यको डढेलोमा दशौं हजार मानिस विस्थापित, ११ को ज्यान गयो
September 12, 2020
अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोबाट कयौँ मानिस हराउनुको साथै दशौं हजार मानिस विस्थापित भएका छन् ।
उक्त डढेलोमा कयौँ मानिस हराएको गर्भनर केट ब्राउनले जनाएका छन् । डढेलोका कारण ओरिगनका चारसहित ११ जनाको ज्यान गएको बताइएको छ।प्रभावित क्षेत्रका ४० हजार मानिसलाई मानिसहरुलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको जनाइएको छ ।
अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ ।