
नाइजेरियाको स्थानीयको प्रदर्शनः प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु
October 21, 2020
नाइजेरियाको स्थानीयको प्रदर्शनः प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु
एजेन्सीः नाइजेरियाको लागोस शहरमा प्रहरीको दमनविरुद्ध चर्किएको प्रदर्शनमा २० जनाको मृत्यु भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रदर्शन चर्किदै गएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
घटनापछि लागोस र आसपासको क्षेत्रमा अनिश्चितलकालीन कफ्र्यू लगाइएको बीबीसीले जनाएको छ । गोलीकाण्डलाई लिएर त्यहाँका सरकारी अधिकारीहरुले छानबीन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एम्नेष्टीले पनि घटनामा भएको हताहतिबारे विश्वासिलो रिपोर्ट प्राप्त गरेको जनाएको छ । लागोसमा विगत दुई हप्तादेखि प्रहरीको स्पेशल एन्टी रोवरी स्क्वाड युनिटको ज्यादतीविरुद्ध सडक प्रदर्शन भैरहेको छ ।
राष्ट्रपति महोम्मद बुहारीले भने अहिले यो यूनिट भंग गरेको बताउँदै आएनु भएको छ ।